आगलागीमा परी टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु
टर्की । टर्कीको मध्य सहर कोन्यामा अस्थायी आश्रय स्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा मृत्यु भएको छ ।
यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् । मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ ।
अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।
सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्कीमा बसिरहेका छन् । टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ ।
फेब्रुअरी ६ मा ७.७– र ७.६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी तुर्किमा ३८ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण