शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा परी टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

शुक्रबार, ०५ फागुन २०७९, २१ : ५५
शुक्रबार, ०५ फागुन २०७९

टर्की । टर्कीको मध्य सहर कोन्यामा अस्थायी आश्रय स्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा  मृत्यु भएको छ । 

यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका  छन् । मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ ।

अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्कीमा बसिरहेका छन् । टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ ।

फेब्रुअरी ६ मा ७.७– र ७.६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी तुर्किमा ३८ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए । (रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप