सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकार हो : महानगर प्रमुख आचार्य

शुक्रबार, ०५ फागुन २०७९, २२ : ५३
शुक्रबार, ०५ फागुन २०७९

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको बताएका छन् । शुक्रबार पोखरा महानगरपालिका १९ पुरुन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्याश गर्दै आचार्यले सो कुरा बताएका हुन् । प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताए ।

“खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भने, ‘अब यसको उपलब्धता मात्र होइन, यो शुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उनले बताए ।

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उनले विश्वास दिलाए । पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको शुद्धीकरणका लागि जाइकासँगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उनले त्यो परियोजना अन्तिम चरणमा रहेको बताए । “सहर होस् या गाउँ अब घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत शुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने छ ।” प्रमुख आचार्यले भने । 

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताए । बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप