भारतको आसाममा भीषण आगलागी, २५० पसल जलेर नष्ट
भारत । भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो ।
“हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल जलेर नष्ट भएको जानकारी पाएका छौं,“ जोरहाटका डेपुटी कमिश्नर पुलक महन्ताले सिन्ह्वालाई बताएका छन् । अहिले आगो पूर्णतया नियन्त्रणमा आएको र कुनै मानवीय क्षति भने नभएको उनले बताएका छन् ।
अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो । प्रारम्भिक अनुसन्धानले एउटा पसलमा सर्ट सर्किट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो । आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण