स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारी निकायलाई निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो ।
‘सार्वजनिक निकायले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिकाको दफा ४ अनुसार नेपाली उत्पादन प्रयोग र खरिद गर्ने व्यवस्था मिलाउने,’ मन्त्रालयले भनेको छ । यस्तै, सार्वजनिक निकायमा आउने पाहुनालाई स्वदेशी चिया र खाजा मात्रै खुवाउन भनिएको छ ।
सार्वजनिक निकायले प्रयोग गर्ने स्टेशनरी र मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । नेपाली सामान विदेशीको तुलनामा १५ प्रतिशतसम्म महँगो भएपनि नेपाली उत्पादन नै किन्न मन्त्रालयले भनेको छ ।
यसका साथै, स्वदेशी उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनको सूची उपलब्ध गराउनुपर्ने समेत मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण