महाशिवरात्रिका अवसरमा रथयात्रा
शनिबार, ०६ फागुन २०७९, १३ : ००

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो । ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ ।
यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शङ्कर पौडेलले जानकारी दिए। रथयात्रामा एक दर्जन बढी संस्थाको सहभागिता थियो । शिव, पार्वतीको रथसँगै शङ्ख, घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो । रथयात्राबाट सनातन धर्म, संस्कृतिका क्षेत्रमा भइरहेको चौतर्फी आक्रमण रोक्न सकिने विश्वास ट्रस्टको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर