महाशिवरात्रिका अवसरमा रथयात्रा
शनिबार, ०६ फागुन २०७९, १३ : ००
काठमाडौँ । महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो । ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ ।
यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शङ्कर पौडेलले जानकारी दिए। रथयात्रामा एक दर्जन बढी संस्थाको सहभागिता थियो । शिव, पार्वतीको रथसँगै शङ्ख, घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो । रथयात्राबाट सनातन धर्म, संस्कृतिका क्षेत्रमा भइरहेको चौतर्फी आक्रमण रोक्न सकिने विश्वास ट्रस्टको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण