शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रदेशस्तरीय प्रदर्शनीमा नयाँलाई अवसर

शनिबार, ०६ फागुन २०७९, १३ : २३
शनिबार, ०६ फागुन २०७९

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नयाँ प्रतिभाहरुलाई सांस्कृतिक कार्यक्रममा स्थान दिइने भएको छ । ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा स्थानीय प्रतिभाहरुलाई मञ्च प्रदान गरिने जानकारी आयोजक समितिले दिएको छ ।

स्थानीय साना तथा घरेलु उद्योगबाट उत्पादिन वस्तु र कृषकहरुले उत्पादन गरेको कृषी सामाग्रीहरुको प्रदर्शनी गर्ने उद्धेश्यका साथ आयोजनमा भएको महोत्सवमा स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउनका लागि मञ्च प्रदान गरिने आयोजक समितिका संयोजक प्रदीप मजगैयाले जानकारी दिए । 

स्थानीय एवं राष्ट्रियस्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गरि कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधिहरुको जानकारी उक्त महोत्वसले दिने छ । यस्ता महोत्सवले आन्तरिक एवं बाह्य प्रवद्र्धनमा टेवा पुर्याउने, महिला उद्यमशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको उचित गुणस्तरको पहिचान

गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्न टेवा पुर्याउने दावी गरिएको छ ।   प्रदेशको मौलिक कला संस्कृति सभ्यता र त्यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषिको आधुनिकरणका लागि कृषि प्रविधिहरुको प्रदर्शनी गर्ने लगायत उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप