डिल्लीबजार कारागारबाट ८ जना कैदी छुट्दै
आइतबार, ०७ फागुन २०७९, १० : ३९
काठमाडौँ । राष्ट्रपतिबाट आम माफी पाएका ८ जना कैदी डिल्लीबजार कारागारबाट रिहा हुँदै छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ८ जनालाई छाड्ने प्रक्रिया भइरहेको डिल्लीबजार कारागारका प्रशासक मात्रिका आचार्यले रातोपाटीलाई बताए । डिल्लीबजार कारागारबाट देविन्द्र कार्की, निखिल पराजुली, टेकबहाचदुर तामाङ, दिनेश खत्री, दीपक नारायण नकर्मी, अर्पण सुनुवार र निरन तामाङ नरबहादुर लामा छुट्ने भएका छन् । उनिहरुमध्ये ५ जना कर्तव्य ज्यान मुद्दामा, १ जना सवारी ज्यान, एकजना किर्ते र १ जना लिखत सम्बन्धी कसुरमा जेल परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण