अपहरणमा परेकी महिला एक वर्षपछि भाग्न सफल
न्युजर्सी । करिब एक वर्षअघि अपहरणमा परेकी एक महिला अपहरणकारीको चंगुलबाट नाटकीय रूपमा उम्कन सफल भएकी छन् । अमेरिकाको न्युजर्सीस्थित एक पेट्रोल पम्पबाट आफ्नो पूर्वयोजना अनुरूप उनी भाग्न सफल भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका हुन् ।
प्रहरीले महिलालाई अपहरण गरेको आरोपमा ५७ वर्षीय जेम्स डब्लू पारिलोलाई पक्राउ गरेको छ । गत वर्ष न्यु मेक्सिकोमा पारिलोले ती महिलालाई भेटेका थिए । न्युजर्सीका महान्यायाधिवक्ता म्याथ्यु जे प्लाटकिनका अनुसार महिलासँगै न्युजर्सी पुगेर बर्लिङटन काउन्टीस्थित एक भाडाको घरमा ती महिलालाई पारिलोले यातना दिएर बन्धक बनाएर राखेका थिए ।
गत फेब्रुअरी ७ मा भने ती महिला अपहरणकारीको चंगुलबाट भागेर पेट्रोल पम्पको स्टोरभित्र पुगेर ढोका बन्द गरेकी थिइन् । पम्पका मालिक बबी माडानका अनुसार महिला चिच्याएको सुनेर बाहिर आफूलाई आउँदा पारिलोले ती महिलालाई पछ्याए पनि ढोका बन्द रहेका कारण भित्र भने पस्न सकेनन् । त्यसपछि उनी त्यहाँबाट भागेका थिए ।
माडानले नै त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । पछि प्रहरी आएर उनलाई उद्धार गरेको थियो । सो दिन पारिलो पक्राउ परेको महान्यायाधिवक्ताले जानकारी दिए । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण