अपहरणमा परेकी महिला एक वर्षपछि भाग्न सफल

न्युजर्सी । करिब एक वर्षअघि अपहरणमा परेकी एक महिला अपहरणकारीको चंगुलबाट नाटकीय रूपमा उम्कन सफल भएकी छन् । अमेरिकाको न्युजर्सीस्थित एक पेट्रोल पम्पबाट आफ्नो पूर्वयोजना अनुरूप उनी भाग्न सफल भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका हुन् ।
प्रहरीले महिलालाई अपहरण गरेको आरोपमा ५७ वर्षीय जेम्स डब्लू पारिलोलाई पक्राउ गरेको छ । गत वर्ष न्यु मेक्सिकोमा पारिलोले ती महिलालाई भेटेका थिए । न्युजर्सीका महान्यायाधिवक्ता म्याथ्यु जे प्लाटकिनका अनुसार महिलासँगै न्युजर्सी पुगेर बर्लिङटन काउन्टीस्थित एक भाडाको घरमा ती महिलालाई पारिलोले यातना दिएर बन्धक बनाएर राखेका थिए ।
गत फेब्रुअरी ७ मा भने ती महिला अपहरणकारीको चंगुलबाट भागेर पेट्रोल पम्पको स्टोरभित्र पुगेर ढोका बन्द गरेकी थिइन् । पम्पका मालिक बबी माडानका अनुसार महिला चिच्याएको सुनेर बाहिर आफूलाई आउँदा पारिलोले ती महिलालाई पछ्याए पनि ढोका बन्द रहेका कारण भित्र भने पस्न सकेनन् । त्यसपछि उनी त्यहाँबाट भागेका थिए ।
माडानले नै त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । पछि प्रहरी आएर उनलाई उद्धार गरेको थियो । सो दिन पारिलो पक्राउ परेको महान्यायाधिवक्ताले जानकारी दिए । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन