जन्ती निकाल्ने बेला छतबाट पैसा बर्साएपछि...
विवाहको समय निकै खुसीको समय हो । मानिसहरु विवाहमा रमाइलो गर्न धेरै थरीको तरिका अपनाउने गर्छन् । तर हालै भारतमा एक व्यक्तिले जे गरे, त्यसले सबैलाई चकित पारेको छ ।
भारतको गुजरातस्थित मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका हुन् । केकरी तहसीलको अंगोल गाउँका पूर्व सरपंच करिम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाएपछि त्यहाँ होहल्ला मच्चिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।
उडाएको पैसा लिन घरमुनी धेरै मानिस जम्मा पनि भए । यसैबीच त्यहाँ उपस्थित मानिसबीच हात हाला–हालसमेत भयो ।
करिम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्तीसहित बाहिर निस्किरहेका थिए । किन पैसा उडाएको भनेर सोधिएको प्रश्नमा करिमले विवाहको उत्सवमा गाउँका सबैलाई समावेश गर्नका लागि उनले र परिवारका अन्य सदस्यले पैसा बाँडेको बताए ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण