जन्ती निकाल्ने बेला छतबाट पैसा बर्साएपछि...

विवाहको समय निकै खुसीको समय हो । मानिसहरु विवाहमा रमाइलो गर्न धेरै थरीको तरिका अपनाउने गर्छन् । तर हालै भारतमा एक व्यक्तिले जे गरे, त्यसले सबैलाई चकित पारेको छ ।
भारतको गुजरातस्थित मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका हुन् । केकरी तहसीलको अंगोल गाउँका पूर्व सरपंच करिम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाएपछि त्यहाँ होहल्ला मच्चिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।
उडाएको पैसा लिन घरमुनी धेरै मानिस जम्मा पनि भए । यसैबीच त्यहाँ उपस्थित मानिसबीच हात हाला–हालसमेत भयो ।
करिम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्तीसहित बाहिर निस्किरहेका थिए । किन पैसा उडाएको भनेर सोधिएको प्रश्नमा करिमले विवाहको उत्सवमा गाउँका सबैलाई समावेश गर्नका लागि उनले र परिवारका अन्य सदस्यले पैसा बाँडेको बताए ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न