रासफोर्डको गोल वर्षा जारी
सोमबार, ०८ फागुन २०७९, ०६ : १७
म्यानचेस्टर । मार्कस रासफोर्डले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । रासफोर्डले यो सिजन युनाइटेडका लागि २४ गोल गरिसकेका छन् ।
खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा फ्रेडको पासमा उनले अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा जाडोन सान्चोले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे ।
२४ खेलबाट युनाइटेडको ४९ अंक रहेको छ । टोली लिगको तेस्रो स्थानमा कायम रहेको छ । उता टोटनहम हटस्पर्सले भने वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण