मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रासफोर्डको गोल वर्षा जारी

सोमबार, ०८ फागुन २०७९, ०६ : १७
सोमबार, ०८ फागुन २०७९

म्यानचेस्टर । मार्कस रासफोर्डले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । रासफोर्डले यो सिजन युनाइटेडका लागि २४ गोल गरिसकेका छन् ।

खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा फ्रेडको पासमा उनले अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा जाडोन सान्चोले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे । 

२४ खेलबाट युनाइटेडको ४९ अंक रहेको छ । टोली लिगको तेस्रो स्थानमा कायम रहेको छ । उता टोटनहम हटस्पर्सले भने वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप