बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

सोमबार, ०८ फागुन २०७९, १२ : ५६
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा लागि त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनायो ।

स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।

आजको खेलमा नामिबिया जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नामिबियाले नेपालमा भएको सिरिजमा तीन खेलमा हार बेहोरेको छ । स्कटल्यान्डको सिरिजमा दोस्रो जित निकाल्ने योजनामा छ । नेपालसँग पराजित स्कटल्यान्ड नामिबियासँग भने पहिलो खेलमा जित निकालेको थियो ।

विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप