स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा लागि त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनायो ।
स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।
आजको खेलमा नामिबिया जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नामिबियाले नेपालमा भएको सिरिजमा तीन खेलमा हार बेहोरेको छ । स्कटल्यान्डको सिरिजमा दोस्रो जित निकाल्ने योजनामा छ । नेपालसँग पराजित स्कटल्यान्ड नामिबियासँग भने पहिलो खेलमा जित निकालेको थियो ।
विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण