माओवादी बैठकमा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईँसम्मको चर्चा
सोमबार, ०८ फागुन २०७९, २३ : ४९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा राष्ट्रपतिको निर्वाचन, दुर्गा प्रसाईँको अभियान र ज्ञानेन्द्र शाहको सक्रियतालगायतका सम्बन्धमा चर्चा भएको छ ।
बैठकमा दुर्गा प्रसाईँ र ज्ञानेन्द्र शाहको सक्रियता प्रतिगमनसँग सम्बन्धित रहेको भन्दै सर्तक रहनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।
एक नेताका अनुसार प्रतिगमनकारी शक्तिहरू सलबलाउन थालेकाले क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने विषयमा बैठकमा उठेको थियो ।
जनयुद्ध दिवसका दिन दुर्गा प्रसाईँले झापामा पूर्वराजासहित राजपरिवारका सदस्यलाई लगेर एक अभियान सञ्चालन गरेका थिए भने प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दलहरुसँग सहकार्यको प्रस्तावसहित गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएका थिए ।
यही विषयमा चर्चाका साथ आजको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङसमेत गरेको सचिव दिनानाथ शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण