शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकमा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईँसम्मको चर्चा

सोमबार, ०८ फागुन २०७९, २३ : ४९
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा राष्ट्रपतिको निर्वाचन, दुर्गा प्रसाईँको अभियान र ज्ञानेन्द्र शाहको सक्रियतालगायतका सम्बन्धमा चर्चा भएको छ । 

बैठकमा दुर्गा प्रसाईँ र ज्ञानेन्द्र शाहको सक्रियता प्रतिगमनसँग सम्बन्धित रहेको भन्दै सर्तक रहनुपर्नेमा नेताहरुले जोड दिएका थिए । 

एक नेताका अनुसार प्रतिगमनकारी शक्तिहरू सलबलाउन थालेकाले क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने विषयमा बैठकमा उठेको थियो । 

जनयुद्ध दिवसका दिन दुर्गा प्रसाईँले झापामा पूर्वराजासहित राजपरिवारका सदस्यलाई लगेर एक अभियान सञ्चालन गरेका थिए भने प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दलहरुसँग सहकार्यको प्रस्तावसहित गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएका थिए । 

यही विषयमा चर्चाका साथ आजको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङसमेत गरेको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप