पटाका विस्फोट हुँदा इन्डोनेसियामा ४ जनाको मृत्यु, १३ घाइते
सोमबार, ०८ फागुन २०७९, २१ : १२
जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।
विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको छ ।
इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
प्रहरीले घटनास्थलको अनुसन्धान गर्न बम स्क्वाड तैनाथ गर्दै स्थानीयलाई घटनास्थलबाट टाढा रहन आह्वान गरेको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण