सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पटाका विस्फोट हुँदा इन्डोनेसियामा ४ जनाको मृत्यु, १३ घाइते

सोमबार, ०८ फागुन २०७९, २१ : १२
सोमबार, ०८ फागुन २०७९

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ ।  ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको  छ । 

इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्न बम स्क्वाड तैनाथ गर्दै स्थानीयलाई घटनास्थलबाट टाढा रहन आह्वान गरेको छ । (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप