लागु औषधजस्तो देखिने पदार्थसहित २ जना पक्राउ
सोमबार, ०८ फागुन २०७९, २१ : ३३
झापा । झापामा प्रहरीले लागु औषधजस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का सुरज कुँवर र सोही ठाउँ बस्ने सुरेश श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई भारतबाट नेपाल आउँदै गर्दा सोमबार भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट पक्राउ गरिएको हो । उनीहरुबाट मे ६ प ६२ नम्बरको मोटरसाइकल र ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामाग्री र उनीहरुमाथि थप अनुसन्धान भैरहेको जिप्रका झापाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण