थापाथली क्याम्पसमा नेविसंघका कार्यकर्ताद्वारा तोडफोड
काठमाडौँ । राजधानीको थापाथली क्याम्पसमा नेविसंघका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । अखिल क्रान्तिकारीको झण्डा च्यातेको विषयमा विवाद बढ्दै जाँदा नेविसंघका कार्यकर्ता स्ववियूको कार्यालय तोडफोडमा उत्रिएका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा नेविसंघले अखिल क्रान्तिकारी थापाथली क्याम्पसको झण्डा च्यातेको थियो। उक्त झण्डा च्यात्ने व्यक्तिलाई स्पष्टीकरण सोध्दै गरेको अवस्थामा आज सामान्य भनाभन तथा हातपात भएको थियो। यही विषयलाई लिएर नेविसंघले स्ववियु अफिसभित्र पसेर तोडफोड गरेको अखिल क्रान्तिकारीका एक नेताले बताए । उनका अनुसार नेविसंघ तोडफोडमा उत्रिँदा क्याम्पसमा त्रासको अवस्था सिर्जना भएको थियो ।
क्याम्पसका इकाइ उपाध्यक्ष शिवरञ्जन गुप्ताले क्रान्तिकारीको झण्डा च्यातेपछि विवाद बढेको थियो । विवादपछि आज नेविसंघ तोडफोडमा उत्रिएलगत्तै क्याम्पस प्रमुख डा.खेम ज्ञवालीले प्रहरीमा खबर गरेका थिए ।
नेविसंघको तोडफोडले क्याम्पसको आन्तरिक परीक्षा समेत बिथोलिएको थियो । यसैबीच घटनापछि क्याम्पसलाई शान्त राख्न दुबै संगठनका पूर्वअध्यक्षहरुको सहभागितामा सहमति भएको छ । सहमतिअनुसार क्याम्पसको शैक्षिक वातावरणलाई अब शान्तिपूर्ण वातावरणमा अघि बढाउन प्रतिबद्धता जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण