यमनमा हुथी विद्रोहीको आक्रमण, ९ जनाको मृत्यु
एडेन । यमनको उत्तरी प्रान्त अल–जावफमा रहेको सरकारी सेनाका टुकडीहरूमा हुथी विद्रोहीहरूले रातभरी गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ । “सरकारी सेना र हुथी लडाकुहरूबीच अबतार क्षेत्र र साउदी अरेबियाको सिमाना जोडिएको अन्य थुप्रै क्षेत्रहरूमा आइतबार रातभर सशस्त्र भिडन्त भएको थियो जसमा कम्तीमा चार सैनिक र पाँच विद्रोहीको मृत्यु भएको स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।
“सरकारी सेनाले विद्रोहीको आक्रमणलाई रोक्न सफल भयो,” उनले भने । हुथीहरूले विगत केही समयदेखि साउदी अरेबियाको सीमावर्ती क्षेत्रमा तैनाथ यमनी सरकारी सेनामाथि आक्रमणलाई तीव्र पारेका छन् । गत वर्ष अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गरिएको युद्धविरामको म्याद सकिएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटफुट सशस्त्र भिडन्त ब्यहोरिरहेको छ
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमणलाई तीव्र पार्दै यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण