अमेरिकामा वेल्डिङ कम्पनीमा विस्फोट, २ जनाको मृत्यु
बुधबार, १० फागुन २०७९, १२ : १०

अमेरिका । फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो ।
सोमबारको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी
-
भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ
-
साबिक विजेता आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि
-
हट्यो चितवन हुँदै राक्सिराङ पुग्नुपर्ने बाध्यता