बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा रघुजी पन्तको आक्रोश– ‘राष्ट्रपतिको उम्मेदवारको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने कस्तो दिन आयो ?’

बुधबार, १० फागुन २०७९, १४ : ०६
बुधबार, १० फागुन २०७९

काठमाडौँ ।  नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको निर्वाचनको सन्र्दभमा विदेशीको चलखेल बढेको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद पन्तले राणाकालीन समयमा राणाहरु समेतले विदेशी चलखेल हुन नदिएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा को राष्ट्रपति हुँदैछ भनेर विदेशीको ट्वीटर पढ्नुपर्ने दिन आएको बताए । 

उनले भने– ‘राष्ट्रपतिको निर्वाचन अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन्, उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री भेट्छन । प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भेट्न आएको परराष्ट्र सचिवलाई तर प्रधानमन्त्री राष्ट्रपति सबैलाई हामी भेटाउँछौँ । म पराराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु यो देशको सम्मानको कुरा हो । के हाम्रो विदेश सचिव गएको बेला यही ढंगको व्यवहार हुन्छ ? पाउँदैन भने आजको दिनमा दक्षिण एसियाको कसैको गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिलेपनि पराधिन नभएको देश हो । यो देशको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ? भारतको विदेश सचिव नेपाल आएपछिको अखबारको कटिङ हेरौँ, लाजमर्दो लाग्छ सारा पूर्व प्रधानमन्त्रीलाई भेटेको छ । यस्तो किन हुन्छ ?’
उनले विदेशी कुटनीतिज्ञको नेपालमा भएको भेटघाट व्यवस्थित र नियमन गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप