रवीन्द्र मिश्रको प्रस्ताव-राष्ट्रपतिको भूमिका पार्टीगत रह्यो, ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रमुखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।
यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'यस्तो स्थितिमा राजालाई
‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि ?
राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। संसारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ/परिसक्यो।
यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रबिन्दु बनेको छ।
देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने ?
अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ?
राजा ज्ञानेन्द्रले भने झैँ, ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन