दुर्घटना
ब्रेकफेल भएको टेम्पो जब पार्किङभित्र छिर्यो, ४ वटा कारमा क्षति
बिहीबार, ११ फागुन २०७९, १५ : ४८
काठमाडौँ । ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर ठुलो दुर्घटनाबाट जोगिएको छ। अनामनगरबाट रत्नपार्फ गइरहेको बा१ह ३७४४ नम्बरको टेम्पो न्यु प्लाजा नजिकैको पार्किङमा छिराएको थियो ।
पार्किङ भित्र रहेका ४ वटा कारमा ठोक्किएको छ। दुर्घटनामा परेर टेम्पोका चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ।
ब्रेक नलागेपछि टेम्पोलाई दायाँतर्फ रहेको पार्किङ भित्र छिराइएको थियो । टेम्पोमा ब्रेक फेल भएपछि टेम्पो चालकले खाली ठाउँ खोज्दै हिँडेका थिए । त्यही क्रममा न्यु प्लाजामा रहेको प्राइम कमर्सियल बैंकको पार्किङ भित्र पसेको थियो। टेम्पो भित्र छिरेपछि पार्किङ रहेका कारहरूलाई ठक्कर दिएको थियो । जसले गर्दा कारहरूमा पनि क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण