काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाइने
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ । उपत्यकाभित्रका चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । जसअनुसार कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटरको गति तोकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरीको भनाइ छ ।
तोकिएको भन्दा बढीमा गतिमा सवारी चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण