काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ । उपत्यकाभित्रका चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । जसअनुसार कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटरको गति तोकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरीको भनाइ छ ।
तोकिएको भन्दा बढीमा गतिमा सवारी चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?