शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

शुक्रबार, १२ फागुन २०७९, ०६ : २३
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् । 

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए । 

‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको पनि उनले बताए । 

प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप