प्रचण्ड–ओली भेटवार्ता अझै अनिश्चित
काठमाडौँ । प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार हुने भनिएको निर्णायक भेटवार्ता अनिश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ तीन दलको बैठकपछि राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रवार एमाले अध्यक्ष ओलीसँग भेटेर निर्णायक छलफल गर्ने बताएका थिए । तर, दुवै नेताका निजी सचिवालयले प्रचण्ड–ओलीबीच भेटवार्ताको समय तय भैनसकेको बताएका छन् ।
‘अहिलेसम्म कुनै खबर आएको छैन’, अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँ र प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरणको भनाइ एउटै रहेको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रवार बिहानैबाट बालुवाटारमा कांग्रेससहित पुरानो गठबन्धनका नेताहरूसँग छलफलमा सहभागी भएका छन् भने अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा सहभागी हुने तयारीमा छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड लागेका छन् भने ओली एमाले बाहेकले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् ।
राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको माओवादी केन्द्रले कांग्रेस र एमाले दुवैले उम्मेदवार उठाए कसलाई मत दिने भन्ने अहिलेसम्म केही बताएको छैन । यद्यपि माओवादी एमाले उम्मेदवारप्रति अरुचि राख्दै आएको छ । सोही कारण एमाले अध्यक्ष ओलीले विगतमा प्रचण्ड र कांग्रेससँगै सहकार्य गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन सिफारिस गरेपनि नेपालको हकमा सहमति जुटाउन कांग्रेसले आनाकानी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण