बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली कप : आर्मी सेमिफाइनलमा प्रवेश

शुक्रबार, १२ फागुन २०७९, १३ : ३८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

एन्फा कम्प्लेक्समा खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।  आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गर्दा स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीले रोकेको थियो । अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप