आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको गुमाउँदै १६५ रन बनायो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाए ।
बलिङतर्फ नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकीय पारी खेले ।
आकाशले ७८ रनको अर्धशतकिय पारी खेल्दा विशालले ५४ ६३ रनको योगदान गरे । त्यस्तै कप्तान देव खनाल २१ रन जोड्दा दीपक बोहरा ‘बी’ ले १७ रन बनाए ।
छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले अब फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण