आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको गुमाउँदै १६५ रन बनायो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाए ।
बलिङतर्फ नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकीय पारी खेले ।
आकाशले ७८ रनको अर्धशतकिय पारी खेल्दा विशालले ५४ ६३ रनको योगदान गरे । त्यस्तै कप्तान देव खनाल २१ रन जोड्दा दीपक बोहरा ‘बी’ ले १७ रन बनाए ।
छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले अब फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ