सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

शुक्रबार, १२ फागुन २०७९, १९ : २६
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रातोपाटीलाई जानकारी दिएका हुन् ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’

सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप