एफएटीएफले गर्यो रुसको सदस्यता निलम्बन
पेरिस । विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले युक्रेनमा रुसी आक्रमणलाई लिएर रुसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ ।
एफएटीएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ ।
समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, “समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढवा दिनु भएको र रुसी महासङ्घको यो कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।” एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।
पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ ।
रूसलाई युरोपेलीे परिषद्बाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रुस अझै पनि धेरै अन्तर्राष्ट्रिय सङ्गठनहरूको सदस्य छ ।(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण