हिजोको परिस्थिति रहेन, अब बैठक बसेर हाम्रो बाटो तय गर्छौं : रास्वपा
काठमाडौँ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने आठ दलले सहमति गरेसँगै फेरिएको सत्ता समीकरणमा पार्टीले कस्तो बाटो तय गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको औपचारिक बैठक बसेर मात्र निर्णय लिने भएको छ । नयाँ राजनीतिक परिस्थितिमा यसअघि सरकारमा रहेको र हाल सरकारबाहिर रहेर सरकारलाई समर्थन गरिरहेको रास्वपाले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर पार्टीको भावी कदमको बारेमा निर्णय गर्ने बताएको हो ।
पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘आजको दिनसम्म सरकारलाई समर्थन गरिराख्नु हाम्रो इमानदारिता थियो । किनभने यो गठबन्धन हाम्रो कारणले पनि बनेको थियो । हामी प्राविधिक कारणले बाहिरिए पनि सरकारलाई समर्थन जारी राख्नुपर्छ भन्ने पक्षधर मध्ये म पनि एक हुँ ।’
तर आज आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति पदमा समर्थन गरेसँगै त्यो परिस्थिति भने बदलिएको उनले बताए । ‘हिजोसम्म अब के हुने भन्ने टुंगो थिएन । तर अब परिस्थिति फरक भएको छ । प्रधानमन्त्रीले अब नयाँ राजनीतिक कोर्स सुरु भयो भनेपछि हिजोको परिस्थिति रहेन,’ उनले भने, ‘अब पार्टीभित्र छलफल गरेर हामी आफ्नो बाटो तय गर्छौँ ।’
उनले आफ्नो पार्टीले लिने निर्णय नेकपा एमाले र राप्रपाले के गर्छ भन्ने विषयसँग सम्बन्धित नरहेको पनि प्रष्ट पारे । ‘एमाले र राप्रपाले गर्छ भन्ने सँग हाम्रो सरोकार छैन । हामी अलग पार्टी हौँ । हामी छलफल गरेर यसबारे निष्कर्षमा पुग्छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण