बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

शनिबार, १३ फागुन २०७९, ०६ : ३४
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । 

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।  

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्ने बताए ।

 ‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्छ’ ज्ञवालीले रातोपाटीसँग भने । उनले बालुवाटारको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातिर धकेल्ने एमालेमा चिन्ता बढेको बताए । 

उनले भने, ‘केही नेताका कारण राजनीतिप्रतिको विश्वास टुट्दै जाने खतरा भयो ,राजनीति जुवाको खालजस्तो स्थिति बनाइदियो, यस निर्णयका पछाडि भूराजनीति पनि जोडिएको छ भन्ने एमालेको बुझाई छ ।’

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप