ओलीले भने, ‘सबै २५ गते थाहा पाउनु हुन्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् ।
आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिबाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पूर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरेका छन् ।
‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुङ्गो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौँ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’
८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बोलाइएको मात्र टिप्पणी गरेका छन् । 'केही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण