बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हिमपहिरो, ४ जनाको मृत्यु

शनिबार, १३ फागुन २०७९, १५ : २६
शनिबार, १३ फागुन २०७९

एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् ।

टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको जानकारी अधिकारीले दिए पनि घटनाबारे विस्तृत विवरण दिएका छैनन् । गत साता पनि सोही प्रान्तको कोफाब जिल्लामा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ३० वटा घर ध्वस्त भएका थिए ।   

त्यसअघि पहाडी क्षेत्र बदख्सानमा हिमपहिरोमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको थियो । दर्जनौँ आवासीय भवन पनि ध्वस्त भएका थिए । निरन्तरको हिमपात, कठ्याङिग्रने ठण्डी, बाढी पहिरोमा परी अघिल्लो महिना महिला र बालबालिकासहित दुई सय जनाले ज्यान गुमाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप