अफगानिस्तानमा हिमपहिरो, ४ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् ।
टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको जानकारी अधिकारीले दिए पनि घटनाबारे विस्तृत विवरण दिएका छैनन् । गत साता पनि सोही प्रान्तको कोफाब जिल्लामा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ३० वटा घर ध्वस्त भएका थिए ।
त्यसअघि पहाडी क्षेत्र बदख्सानमा हिमपहिरोमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको थियो । दर्जनौँ आवासीय भवन पनि ध्वस्त भएका थिए । निरन्तरको हिमपात, कठ्याङिग्रने ठण्डी, बाढी पहिरोमा परी अघिल्लो महिना महिला र बालबालिकासहित दुई सय जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण