मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘पेसाप्रति जिम्मेवार बनौँ’

शनिबार, १३ फागुन २०७९, १८ : ४७
शनिबार, १३ फागुन २०७९

दाङ । नेकपा एकीकृत समाजवादीका नेता भागवत विश्वासले पेसाकर्मीहरू आफ्नो पेसाप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । पेसागत महासङ्घ दाङको जिल्ला अधिवेशनको उद्घाटन गर्दै विश्वासीले यस्तो बताएका हुन् । पेसाकर्मीहरू पेसाप्रति जिम्मेवार बन्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो । 

पेसागत महासङ्घ दाङका अध्यक्ष अम्मरराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज शारदा स्वर्णकार, सचिवालय सदस्य प्रेम वली, जिल्ला अध्यक्ष शुुरामणि बेल्बासे, भरत न्यौपाने, रामप्रसाद चौधरी, देवका बस्नेत, चूर्णबहादुर वली, तिलक साहु,  देउमन दमाई लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप