डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ
आइतबार, १४ फागुन २०७९, १२ : ४४
डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । बरामद हड्डी र पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण