पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’
आइतबार, १४ फागुन २०७९, १९ : ५८
काठमाडौँ । नाबालिगमाथि जबरजस्ती करणी गरेको मुद्दामा कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् । उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘आज पानी पर्यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत भनेकी छन् ।
पूजा केही अगाडि पलको जन्मदिन पारेर तनहुँ कारागारमा समेत पुगेकी थिइन् । उक्त समय उनले कारागारभित्र पलको जन्मदिन सेलिब्रेसन गर्दै केक समेत काटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण