आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’

आइतबार, १४ फागुन २०७९, १९ : ५८
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नाबालिगमाथि जबरजस्ती करणी गरेको मुद्दामा  कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् । उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज पानी पर्‍यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत भनेकी छन् । 

पूजा केही अगाडि पलको जन्मदिन पारेर तनहुँ कारागारमा समेत पुगेकी थिइन् । उक्त समय उनले कारागारभित्र पलको  जन्मदिन सेलिब्रेसन गर्दै केक समेत काटेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप