मुख्यमन्त्री शाहलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, विश्वासको मत लिने तयारी
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटघाटपछि मुख्यमन्त्री शाहले रातोपाटीसँग भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । हिजोको गठबन्धन अगाडि बढाएकोमा मैलै उहाँलाई बधाई पनि दिए । विश्वासको मत लिने कुरामा छलफल भयो । सकारात्मक प्रतिक्रिया पाए । अब शीर्ष नेताहरुबीचको थप छलफलपछि विश्वासको मत लिने मिति पनि तय होला ।’
मुख्यमन्त्री शाह भोलि सोमबार प्रदेश राजधानी धनगढी फर्किँदै छन् । सम्भवतः उनी १६ या १७ गते विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ ।
विश्वासको मत पाउने वा नपाउने अन्योलबीच रुमलिएका सुदूरपश्चिमका मुख्यमन्त्री अब शाह राहतको अनुभूति गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि दलहरुबीच बनेको नयाँ समीकरणले मुख्यमन्त्री शाहलाई विश्वासको मतको लागि ग्रीन सिग्नल मिलेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका थिए ।
फागुन १२ गते पूर्वको राजनीतिक समीकरणले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून थियो । त्यसताका उनलाई आफ्नै दल नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा गरी जम्मा २४ को मात्रै साथ थियो । जुन कारण उनी डेन्जर जोनमा थिए ।
तर फागुन १२ गते राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलगायत दलबीचको समझदारीपछि उनी ग्रीन जोनमा छन् ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य चाहिने हुँदा कांग्रेसलाई नागरिक उन्मुक्ति वा माओवादीको साथ चाहिएको थियो । पछिल्लो राजनीतिक समीकरणले उनीलाई बहुमत पुग्ने देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण