बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इटाली डुङ्गा दुर्घटना : मृत्यु हुने आप्रवासीको सङ्ख्या ५९ पुग्यो

आइतबार, १४ फागुन २०७९, २१ : ३९
आइतबार, १४ फागुन २०७९

रोम । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका छन् ।

क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भने, “डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको पुष्टि भएको छ ।” 

यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने, “बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन् ।” यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ । इटालियाली सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा स्थानीय समय अनुसार आइतबार बिहान करिब ४ः०० बजे डुङ्गा डुबेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप