ऋणमा हेलिकप्टर चार्टर नगर्न मन्त्री किरातीको अनुरोध
काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् ।घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु । ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण