बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुजुकीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्स नियुक्त

सोमबार, १५ फागुन २०७९, १० : ५४
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्ग्सले आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । 

ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको नक्सालमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरिएको हो । 

 सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नुनै सीजी नेक्स्टजेन च्यानलको बेन्चमार्क पनि भएको बताइएको छ ।  ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको कम्पनीले जनाएको छ । 

सीजी नेक्स्टजेन मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन् । यही विश्वासको साथ नक्सालस्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्राण्ड भिस्तारालगायतका प्रिमियम गाडीहरू  खरिद गर्न सकिनेछ ।  शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।  

नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा  प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रूपमा गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप