विवाहपछि विदेश पलायन भएका यी हुन् ५ अभिनेत्री
मुम्बई । बलिउडका थुप्रै अभिनेत्रीलाई दर्शकले रुचाएका छन् । तीमध्य कतिपय अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन्, भने कतिपय विवाहपछि विदेश पलायन भएका छन् । विवाहपछि विदेश पलायन ५ अभिनेत्रीको चर्चा अहिले गर्न खोजिएको छ ।
मुमताज
बलिउड अभिनेत्री मुमताजले धेरै राम्रो फिल्ममा अभिनय गरेकी थिइन् । ‘दो रास्ते’, ‘आपकी कसम’, ‘खिलौना’ लगायतका फिल्ममा सबैले सम्झने भुमिका निर्वाह गरेकी मुमताज बिजनेस म्यान मयूर माधवानीसँग विवाह गरेपछि विदेश पलायन भएकी हुन् । अहिले उनी लन्डन बस्छिन् ।
मीनाक्षी शेषाद्री
८० र ९० दशकमा अभिनेत्री मीनाक्षीले थुप्रै हिट फिल्म दिएकी छन् । फिल्म उद्योगमा राम्रो नाम र दाम हुँदाहुदै पनि उनले अभिनयबाट बिदा लिएकी हुन् । मीनाक्षीले १९९५ मा बैंकर हरीश मैसूरसँग विवाह गरेपछि अमेरिकामा बस्दै आएकी छन् ।
सेलिना जेटली
सेलिना जेटलीको बलिउडमा राम्रो पहिचान थियो । अभिनय भन्दापनि फेसन जगतमा राम्रो नाम कमाउन सफल मिस इन्डिया प्रतियोगी समेत रहेकी सेलिना ब्यवसायी म्यान पीटर हागसँग विवाह गरेपछि अमेरिका पलायन भएकी हुन् ।
सोनू वालिया
‘दिल आशना है’, ‘खेल’, ‘स्वर्ग जैसा घर’, ‘आरक्षण’, ‘अपना देश पराए लोग’, ‘तूफान’ र ‘तहलका’ जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री सोनुले १९८५ मा मिस इन्डियाको किताव जितेकी थिइन् । एनआरआई सूर्य प्रकाशसँग विवाहपछि उनले अभिनयबाट दुरी बनाएकी हुन् ।
रम्भा
गोबिन्दा र सलमान खान जस्ता सितारासँग थुप्रै बलिउड फिल्म अभिनय गरेकी रम्भा पनि विवाहपछि पलायन भएकी छन् । २०१०मा उनले क्यानडाका ब्यवसायी इन्द्रकुमारसँग विवाह गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण