शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शिल्पाले जितिन् छवि विरुद्धको मुद्दा, अब छविको आधा सम्पति पाउने

सोमबार, १५ फागुन २०७९, १२ : ४४
सोमबार, १५ फागुन २०७९

काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ ।  शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।

छविको सम्पत्ति र ऋणको पनि सबै लेखाजोखा भैसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । शिल्पासँगको तीन बर्ष पुरानो मुद्दा फैसला भएको छबिले बताए । ‘अदालतले श्रीमती भएपछि आधा सम्पत्ति दिने फैसला सुनाएको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ’ छविराजले भने, ‘अदालतको फैसला मानेर शिल्पासँग सल्लाह गरेर अगाडि बढ्छु ।’  

अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो ।  जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने नजाने निर्णय गर्ने बताए । शिल्पाले फैसलाको समाजिक संजालबाट खुसी समेत ब्यक्त गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप