शिल्पाले जितिन् छवि विरुद्धको मुद्दा, अब छविको आधा सम्पति पाउने
काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ । शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।
छविको सम्पत्ति र ऋणको पनि सबै लेखाजोखा भैसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । शिल्पासँगको तीन बर्ष पुरानो मुद्दा फैसला भएको छबिले बताए । ‘अदालतले श्रीमती भएपछि आधा सम्पत्ति दिने फैसला सुनाएको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ’ छविराजले भने, ‘अदालतको फैसला मानेर शिल्पासँग सल्लाह गरेर अगाडि बढ्छु ।’
अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो । जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने नजाने निर्णय गर्ने बताए । शिल्पाले फैसलाको समाजिक संजालबाट खुसी समेत ब्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण