राष्ट्रियसभा बैठक : दुई विषयगत समितिको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको सोमबारको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८/०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए ।
त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकारी उनले गराए ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरिन् । उनले समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण