ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो
साओ पाउलो । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ । सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीहरूले अझै पनि मृतकहरूको शव निकाल्न र हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन् ।
अधिकांश पीडितहरू साओ सेबेस्टियाओको सामुद्रिक तट बारा डो साही नजिकै सिएरा डी मार पर्वत श्रृङ्खलाको उच्च जोखिम भएको क्षेत्रहरूको गरिब बस्तीमा बस्थे ।
पछिल्लो पहिरोको कारण घरबार गुमाएका करिब दुई हजार ४४० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरो र हावाहुरीका कारण बन्द भएका तटीय सडक आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
फेब्रुअरी १९ मा, तटीय सहरहरू बर्टिओगा, कारागुआटाटुबा, ग्वारुजा, इल्हाबेला, साओ सेबेस्टियाओ र उबटुबामा करिब २४ घण्टामा अत्यधिक वर्षा भएको थियो । साओ सेबास्टियाओको सामुद्रि तट, ब्राजिलको विशेष पर्यटन गन्तव्यहरू मध्ये एक हो ।
ब्राजिलको एकीकरण तथा क्षेत्रीय विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपको जोखिममा रहेका १४ हजार क्षेत्रमा करिब ४० लाख ब्राजिलियालीहरू बसोबास गर्छन् ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण