पहिरोका कारण विद्यालय जोखिममा
बागलुङ । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा विद्यालय मुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्म क्षति पुगेको छ ।
क्षेत्र नम्बर एकअन्तर्गत पर्ने उक्त सडकको झण्डै १० किलोमिटर कालोपत्रेका लागि सडक चौडा पार्ने काम भइरहेको छ । पहिरोले विद्यालय भवन जोखिममा परेपछि पठन–पाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र हमालले बताए । “पहिरोले विद्यालय जोखिममा पारेकाले बर्खा नलाग्दै जोखिम न्यूनीकरण गर्नुपर्ने हुन्छ । यसका लागि निर्माण व्यवसायी र वडा कार्यालयलाई जानकारी गराएका छौँ”, उनले भने ।
प्रधानाध्यापक हमालका अनुसार विद्यालयको प्रवेशद्वारसम्म सडक निर्माणका क्रममा चिर्किएको छ भने विद्यालयको शौचालय र धारामा गत वर्षको पहिरोले क्षति पुर्याएको थियो । विद्यालयको पूर्व र पश्चिम पट्टी भिरालो जग्गा भएका कारण जोखिम बढ्दै गएको उनको भनाइ थियो ।
विद्यालयलाई जोगाउन तत्कालै ग्याबिन लगाउने तयारी भइरहेको निर्माण कम्पनी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले जानकारी दिए । उनले ढुङ्गा सहितको जग्गामा सडक चौडा पार्ने क्रममा सुख्खा पहिरो गएको जानकारी गराउँदै विद्यालयलाई कुनै क्षति हुन नदिने बताए । रू ३२ करोड लागतमा उक्त सडक विस्तार र पूर्वाधारको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण