इराकमा आइएसका १७ आतंककारी मारिए
बगदाद । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् ।
इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।
सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका हुन् ।
प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो ।
इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् । (रासस/सिन्हवा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण