पारासलाई मनास्लु खेलकुद सम्मान
काठमाडौं । मनास्लु वल्ड्र स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सोमबार मनास्लु खेलकुद सम्मान प्रदान गरेको छ ।
मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पु¥याएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।
सो अवसरमा वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको ।
त्यसै अवसरमा मनास्लु वल्र्ड कजेजका एकेडेमिक हेड शशि केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरियो ।
उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, मनास्लुका चेयरम्यान गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा मनास्लु कक्षा १२ अध्ययन गरिसकेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने कक्षा ११ भर्ना भएकालाई स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण