प्राविधिक समस्यापछि स्पेस एक्सको रकेट उडान रोकियो
क्यानडा । नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चार अन्तरिक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेटको प्रक्षेपण रोकिएको छ।
उडान भर्न लागेको अन्तिम समयमा आएर देखा परेको प्राविधिक समस्याका कारण प्रक्षेपण रोक्नु परेको स्पेस स्टेशनले जनाएको छ । क्यानेडियन स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र उक्त रकेट रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ।
स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरिक्ष यात्री, एक रुसी अन्तरिक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारी अवस्थामा थिए।
यस्तै, रकेटबाट सबै इन्धन निकालिएको थियो, त्यो बेलासम्म चारै अन्तरिक्ष यात्री भने रकेटभित्रै रहेका थिए । कमान्डर स्टिफिन बोवेनले आफूहरू भित्रै सुरक्षित रहेको जनाए पछि उनीहरू सबैलाई भित्र नै राखेर सबै इन्धन निकालिएको हो ।
स्टेसनका इन्जिनियरहरूको अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आए पछि चार अन्तरिक्ष यात्रीसहित उडान भर्न लागिएको रकेट दुई मिनेट अघि स्थगन गरेर इन्धन निकालिएको हो । अहिले रकेट पूर्ण रूपमा सञ्चालनका लागि योग्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण