दैनिक १ अर्ब भन्दा धेरै भन्सार राजश्व असुली
काठमाडौँ । फागुन महिनामा भन्सार राजश्व असुली बढ्न थालेको छ । भन्सार विभागका अनुसार फागुन महिनायता दैनिक राजश्व सङ्कलन बढ्न थालेको हो । हाल दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै भन्सार राजश्व सङ्कलन हुन थालेको विभागले जनाएको छ ।
फागुन महिना सुरु भएसँगै दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै राजश्व सङ्कलन हुन थालेको हो । निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका फागुन पहिलो सातायता दैनिक १ अर्ब २० करोड रुपैयाँसम्म राजश्व सङ्कलन भइरहेको छ ।
जबकि, माघ महिनासम्म दैनिक १ अर्ब रुपैयाँभन्दा न्यून भन्सार राजश्व सङ्कलन हुँदै आइरहेको थियो । उक्त समयमा सरदरमा दैनिक ८० करोडदेखि ९० करोड रुपैयाँ सङ्कलन भइरहेको थियो । सरकारले पुस १ गतेदेखि आयातमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटाएपछि राजश्व बढ्न थालेको विश्लेषण विभागको छ ।
‘प्रतिबन्ध हटे लगत्तै आयात बढ्ने र राजश्व सङ्कलनको लक्ष्य नजिक पुग्ने हाम्रो विश्लेषण थियो,’ खड्का भन्छन्, ‘तर, आयात प्रतिबन्ध खुलेको ३÷४ महिनापछि मात्रै आयात बढ्दो रहेछ ।’ अब चैतदेखि आयात पुरानै लयमा फर्कने विभागको आङ्कलन छ ।
फागुनको १५ दिनमा १६ अर्ब २९ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । अघिल्ला महिनाहरूमा १५ दिनको अवधिमा दैनिक १ अर्बभन्दा न्यून राजश्व सङ्कलन भइरहेको थियो । यद्यपि, राजश्व सङ्कलन बढे पनि लक्ष्य भेट्टाउन भने मुस्किल देखिएको छ ।
फागुन महिनाको १५ दिनको अवधिमा सरकारले ५९ अर्ब ३ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । ‘राजश्व सङ्कलनको लक्ष्य नभेटिए पनि बढ्न थालेको छ,’ खड्का भन्छन्, ‘हामीले प्रत्येक महिना भन्सार नाकाका प्रमुखसँग भर्चुअल बैठक गरेर राजश्व नबढ्नुको कारण बुझिरहेका छौँ ।’
यस्तै, नाकामा आएर जाँच पास नभएका वस्तुको छिटो र छरितोरुपमा जाँच पास गर्न दबाब दिइरहेको छ । यसका साथै, भन्सार नाकामा थुप्रेका वस्तुहरूको लिलामी प्रक्रिया समेत अघि बढेको छ भने महालेखा परीक्षकको कार्यालयले भन्सार राजश्व उठाउनुपर्ने भनेको ठाउँबाट समेत राजश्व सङ्कलन गर्ने क्रम तीव्रताका साथ अघि बढेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण