गोलरक्षक सिल्भा मैदान बाहिरिनु पर्दा चेल्सीमाथि दबाब
काठमाडौँ । टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिनाभन्दा बढी मैदान बाहिर रहने भएका छन् ।
आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिनाभन्दा बढी आरम गर्नुपर्ने भएको हो ।
‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरीक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’
सन् २०२० मा फ्रेन्च क्लब पेरिसेन्ट जर्मन (पिएसजी) बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथि गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण