ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु
बुधबार, १७ फागुन २०७९, १० : ०८
एथेन्स । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ ।
घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । यात्रुवाहक रेल थेसालोकिनीबाट लारिसा गइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण