शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

बुधबार, १७ फागुन २०७९, १० : ०८
बुधबार, १७ फागुन २०७९

एथेन्स । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ । 

घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । यात्रुवाहक रेल थेसालोकिनीबाट लारिसा गइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप