सल्यानकाे कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो
सल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । बहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षीय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।
स्थानीय रुद्रवीर कँवरका अनुसार सोमबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षीय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो । कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको थियो । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण सङ्कलनको कार्य भइरहेको छ ।
कुकुरले चार जना मानिसलाई टोकिसक्दा र त्रास फैलँदा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छोरोलाई उपचारका लागि काठमाडौँ पुगेका उत्तमले भने, ‘कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो । तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन ।’ सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेबिज फैलन सक्ने स्थानीयको चिन्ता छ ।
भुस्याहा कुकुरको व्यवस्थापन र रेबिज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासँग कुनै योजना भएको देखिँदैन । कुकुरलाई रेबिज विरुद्धको खोप दिने र भुस्याहा कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए । कुकुरले मानिसलाई टोकेको र रेबिजको त्रास फैलिएकोबारे थाहा भए पनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण